जापान । राजधानी टोकियोमा आज शुक्रबार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोका विभिन्न स्थानहरुमा गरि आज ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।
हिजो विहिबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आज साँझसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४,८१० जना पुगेको छ । टोकियोमा ६ दिनयता १०० जना कमलाई कोरोना भाइरस संक्रमण रिपोर्ट देखिएको छ । हालसम्म टोकियोमा १६० जना भन्दा बढीको कोरोना संक्रमणबाट निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया