जापान । टोकियोमा मंगलबार २८ जना थप संक्रमण पुष्टि भएको छ । टोकियोमा मंगलबार २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो सोमबार १५ जना पुष्टि भएको थियो । १० दिनयता लगतार टोकियोमा १०० जना भन्दा कम संक्रमण देखिएको छ । अहिलेसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४,९८७ जना पुगेको छ । भने जापानभर संक्रमित संख्या १६ हजार बढी रहेका छन् । आजसम्म टोकियोमा १९६ जनाको मृत्यु भएको छ भने जापान ६ सय जना बढीले ज्यान गुमाईसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया