जापान । टोकियोमा आज बिहिबार ३० जना थप कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज विहिबार टोकियोमा ३० जना नयाँ संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो बुधबार १० जना थप संक्रमण पुष्टि भएको थियो । १२ दिनयता टोकियोमा १०० जना भन्दा कम संक्रमण देखिएको छ । अहिलेसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ५,०२७ जना पुगेको छ । अहिले सम्म जापानभर संक्रमित १६ हजार ८ सय बढी रहेका छन् । टोकियोमा २१२ जनाको मृत्यर भएको छ भने जापानभर मृत्यु हुनेको संख्या ७ सय पुग्न लागेको छ । टोकियोका गर्भनर यूरिका कोइकेले आपतकाल जारी रहेको बताएकी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया