जापान । टोकियोमा आज आईतवार ५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १६ दिनयता १ सय भन्दा लगातार कमी भएको छ । हिजो टोकियोमा शनिवार १४ जना कोरोनाभाइरसको संक्रमण पुष्टि थियो ।
जापानी समाचार संस्था एनएचकेमा अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ । आईतबार साँझसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ५ हजार ५५ पुगेको छ । आज ७ जनाको मृत्यु संगै २३७ जनाको ज्यान गएको टोकियो महानगर पालिकाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया