गजल @अमर देब बास्तोला
केवल नामको मात्र रैहेछ यो नयॉं साल पनि ।
दर्द उस्तै छ यो जिन्दगी अनि यो हाल पनि ।।
पात्रो पल्टिए दिन बिते जीवनको यसै गरी ।
जीवन नउम्रदै फुलि सकेछ कपाल पनि ।।
उस्ले घर बनायो घडेरी जोड्यो भन्छन् ।
आफ्नो त कहिल्यै गल्दै गलेन दाल पनि ।।
जीवन संगीत रहेछ बजाउने हरुको लागी ।
नजान्ने हरुको त बिग्रदो रैहेछ सुरताल पनि । @हाल जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया