टोकियो । जापानमा कोरोना भाइरसको संक्रमण घट्दै गएपछि करिब ४८ दिन रहेको आपतकाल जापानभर हटाइएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर जापानका प्रधानमन्त्री शिन्जो आबेले आपतकाल अन्त्य भएको घोषणा गरेका हुन ।
प्रधानमन्त्री आबेले टोकियो सहित केही प्रिफेक्चरहरुमा जारी रहेको आपतकाल रद्ध गरेको घोषणा गरेका हुन । कोरोना भाइरसको संक्रमण अपेक्षाअनुरुप घटेपछि राजधानी टोकियोसहित ४७ वटै प्रिफेक्चरहरुमा आपतकाल हटाइएको छ । कोरोना संक्रमण फैलिन नदिन अप्रिल ७ तारिख टाकियो सहित ७ प्रान्त र पछि जापानभर लागू गरिएको आपतकाल गत हप्तासम्म ४२ प्रिफेक्चरहरुमा हटाइएको थियो । बाँकी रहेका टोकियो, खानागावा, चिबा, साइतामा तथा होक्काइदोमा आजदेखि रद्ध गरेकको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया