टोकियोमा आज १० जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

टोकियो । राजधानी टोकियोमा आज मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोभन्दा आज २ जना बढेको छ । जापान सरकारले सोमबार जापानभर आपतकाल फुकुवा गरे पनि कोरोना संक्रमण कछुवाको गतिमा बढेको छ । आजको १० सहित टोकियोमा ५१७० जना संक्रमित पुगेको छ भने आज ४ जनासहित २९२ जनाले ज्यान गुमाईसकेका छन  ।

फेसबुकबाट तपाइको प्रतिक्रिया