बिपीन के.सी । २१औं शताब्दीमा बाचीरहेका सर्वश्रेष्ठ प्राणी कहलीयका मानव जातका हामी । हाम्रो विवेक ,ज्ञान र बुद्धिको नमूना कायम नै छ विश्व भरी । त्यही विश्वको एउटा नमुना देश “नेपाल” को जनता हामी जो बाहिरी रुपले विज्ञान र शिल्पज्ञानका आधारमा आफैलाई आधुनिक भैसकेको ठान्छौ र यस आधुनिक युगलाई पुर्ण रुपले अपनायका छौ तर भित्रि रुपमा भने अझै पनि प्राचिनकाल का नै छौ ।
कुनै वेला एक व्यक्तिको कामको आधारमा जात विभाजन भएको थियो ! त सानो म ठुलो जातको भनेर हुकुम चलाऊन को लागी कदापी थिएन , दलित,जनजाती,निम्नवर्गीय …. अनेक नाम दिएको छ यो समाजले र आज यति विवेकशिल भईसक्दा पनि अझै निरन्तरता क्रुप मानसिकता बढिनै रहेको छ।
सबै मानिस बराबर हुन् काटे रगत सबैको रातो नै आउछ र पनी आखिर यो सब के को लागी? आत्मसन्तुष्टि कि आफु ठुलो छु भन्ने कुराको अहंकारको लागी? नेपालको सन्दर्भ मा कयौँ प्राण गए होलान यो जातीय भेदभावका कारण जुन मानव जातको अहंकारले उत्पन्न भएको थियो? आखिर यो भेदभाव किन र कहिलेसम्म ? छूवाछूत एउटा समस्या पहिले नै थियो l जातका आधारमा “दलित” शब्दको प्रयोग अर्को समस्या थपियो l दलनमा परेकाहरु सबै दलित हुन, जसलाई जातका आधारमा सिमित गर्न मिल्दैन l पूँजीबादी समाजमा दलित भनेको त्यो हो जस्ले आर्थिक दुर्बलताका कारणले राज्य र समाजबाट हरेक पहुँचहरु गुमाईरहेको हुन्छ l समस्या जातमा मात्र छैन थर भित्र पनि घुसिसकेको छ l उपाध्याय बाहुनले जैसी बाहुनलाई तल्लो जातको भन्छ l जैसी बाहुनले क्षेत्री लाई । क्षेत्रीले पकाएको खाँदैन l क्षेत्रीले मगर, गुरुङ्ग बिबाह गर्दा आफ्नो कुलभित्र बिभेदको शिकार बनेको हुन्छ l दलितको रुपमा बर्गीकृत थर भित्रपनि चर्को छुवाछुत संस्कार मौलाएको देखिन्छ l समस्या आफ्नै जातबाट सुरुवात भयको देखीन्छ!
जुन कुनै जातको किन नहोस जुनदिन सम्म आफ्नो मनस्पटल बाट जात भन्ने शव्दको अन्त्य हुदैन , यो विवेदकारी संस्कार कहीलै अन्त्य हुदैन !
नेपाल मा विवेद को एऊटा बर्ग छ , जुन बर्ग एऊटा सम्बिधान मै लिपी बद्द भएको छ, सम्बिधानको पान्नामा लेखेर मात्र समाधानको ऊपाए हुदैन ! अब अधिकार चाहिने बेल आफ्नो जात को झुन्डको नारा घन्काऊदै हिड्ने अनी तेही नारा घन्काईएको जात को कुरा गर्दा हेपेको हुने मानसिकता बाट पहीला आफु मुक्त हुन ज़रूरी छ । तब बल्ल परीबर्तन को सुरुवात हुनेछ! आफ्नो कोटा को नारा लगाऊदै हिड्नु भन्दा पहीला तेही कोटानै आफैलाई अभिसाभ बनाऊने नारा हो भन्ने चेतना जबसम्म हुदैन तब सम्म अपमान हुनबाट कहीलै बच्न सकीदैन ! जुन गर्बका साथ आरक्षण कोटा को माग गर्न सजिलो भयो अनी तेही जातको बारेमा भन्दा किन आफुलाई गर्ब नभएको ?? हामिले कहीलै यसबारे सोचेऊकि नाई??
सोच्छ प्रतिस्पर्द्धा को रुपमा रहने बाताबरणको ग्यारेनटी कानुनले नगरे सम्म र आत्म सम्मान मुर्त रुपमा आफुमा बिकसीत नगरे सम्म अनी नाम को पछाडी दार्शनिक रुपमा झुन्डाऊने परापुर्बकाल को लङ्गुटी लाई आफुखुसी मेटाऊने प्राब्धानलाई कानुनत अन्त्य नगरे सम्म यस विवेदकारी संस्कार बाट कहीलै मुक्ती मिल्ने छैन !
सबैलाई सचेत बनाएर जनचेतना फैलाउदै व्यबहार उन्मुख शिक्षा यसको मुख्य बिकल्प हुन्छ भन्ने लाग्छ । समाज परिवर्तन भन्ने कुरा नागरिकहरुमा निहित शिक्षाले अहम भूमिका खेल्ने गर्दछ । शिक्षा संगै त्यस समाजका नागरिकमा निहित आर्थिक अवस्था ,भौगोलिक अवस्था र राजनीतिक चेतनाले पनि उस्तै भूमिका निर्बाह गरिरहेको हुन्छ ।
समतामुलक समाज निर्माणका मुख्य आधारहरु आफैले निर्माण गर्न अत्यन्त जरुरी छ। अब तपाईं हामीले सहजै अनुमान लगाउन सक्छौ कि हामी कस्तो समाजमा छौ र हाम्रो समाजमा हुने बिभेद कुन प्रकृति को हो भन्ने कुरा । जसरी हामि हाम्रो समस्या पत्ता लगाउछौ त्यस पछि समाधानको पाटो तर्फ लाग्नु पर्छ । जो बिभेदको सिकार बनि रहेका छन स्वयम आफु नै सकृय भूमिका देखाउनु पर्छ । अज्ञानताका कारण हो भने समतामुलक शिक्षाको माध्यमले ,आर्थिक कारण हो भने ऊर्जाको बाटो देखाएर आत्म निर्भर बनाएर, भौगोलिक बिकटताले हो भने आन्तरिक बिकासको बाटो तर्फ यात्रा तय गर्न सकियो भने हाम्रो समाजमा ब्याप्त बिभिन्न प्रकारका बिभेद लाई न्यूनिकरण गर्न सक्छौ । अन्यथा हामी जति चिच्याइ कराइ गरेपनि बिभेद रोकिने छैन ।
समाज बिकास पनि मानबिय कृयाकलापको उपज हो जसको नेतृत्व केही मानिसले गर्छन् जसलाई सामाजिक अगुवा पनि भन्ने गरिन्छ ,(नेपाली को सन्दर्भमा नेता जी ) हामीले हाम्रो समाजका अगुवाको स्वार्थ हो कि परिबर्तनको ख़ातिर हो भन्ने मनन् गर्न सकेनौ भने र समयमै चिनेर चिरफार गर्न सकेनौ भने उनिहरु आफ्नो स्वार्थ अनुरुप चल्न थाल्छन जसले गर्दा तपाईं हाम्रो आशा को दियो निराशामा बदलिन्छ । हाम्रो बर्तमान समस्या पनि यसै परिधिमा निहित छ । हामी सबै यस्तै कुराको जानकारी हुदा हुदै पनी लहैलहैमा केही ब्यक्तिको स्वार्थ पुरा गर्ने काममा भर्याङ्को भूमिका निर्बाह गर्नु ले जातिय निवेदकों अवस्था सृजना भएको हो ! यस्तो परिस्थिती बारे ध्यानमग्न भएर सोच्नु होस त !!!! उत्तर आफ्नै आत्मा बाट सजिलै निस्कनेछ ।
हरेक समाज को नेतृत्व सिमित ब्यक्तिमा मात्र निहित हुन्छ तर त्यो सर्बेसर्वा हुन साक्दैन उसका कृयाकलाप समतामुलक समाज निर्माण तर्फ छ कि छैन भन्ने कुरा त्यहाँ बसोबास गर्ने हरेक नागरीक ले आफ्नो तह र तप्का बाट मार्ग निर्देशन गर्ने दक्षता राख्नु पर्छ तब मात्र हामी आफ्नो गन्तब्यमा पुग्न सफल हुन्छौ ! परापुर्ब काल देखी मानसपटलमा भएको अन्धविश्वासलाई हटाऊन सोचें जती सजिलो त कहा छ र तै पनी आफ्नो मन लाई बलियो बनाई आफुबाट नै सुरुवात गर्नु २१औ शताब्दिको मानिसको सब्यता हो !! जय नेपाल !!
@टोकियो

फेसबुकबाट तपाइको प्रतिक्रिया