जापान । टोकियोमा आज शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शुक्रवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो तुलनामा आज संख्या घटेको समाचार आए पनि जापानमा कोरोना संक्रमण रोकिसक्यो भनेर ढुक्क हुने अवस्था भने छैन् । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ १४ सहित ५२३१ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया