जापान । टोकियोमा आज आईतबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो तुलनामा आज संख्या घटेको समाचार आए पनि जापानमा कोरोना संक्रमण रोकिसक्यो भनेर ढुक्क हुने अवस्था भने छैन् । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ ५ सहित ५२३६ जना संक्रमित पुगेको छ ।
यता फुकुओकाको किताक्यूसुमा १२ जना नयाँ संक्रमितसहित फुकुओका केनमा कुल ७५८ जना कोरोना संक्रमित पुगेका छन । आज कानागावा केनमा ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो दिनहरुमा टोकियो, फुकुओका, कानागावा,होक्काईदो लगाएत्को क्षेत्रमा अन्यत्रभन्दा अधिक संक्रमण देखिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया