टोकियोमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५,२४९ पुग्यो

जापान । टोकियोमा आज सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो आईतबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो तुलनामा आज बढेको छ । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ १३ सहित ५,२४९ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया