रंगभेदी व्यवहारका विरुद्धमा अमेरिकाभर हिंसात्मक प्रदर्शन

एजेन्सी । अमेरिकाको प्रहरीले गरेको रंगभेदी व्यवहारका विरुद्धमा सिंगो अमेरिका आन्दोलनमय बनेको छ । प्रदर्शनकारीहरुले मध्यराति घेराउ गर्दै ह्वाईट हाउस पुगेपछि राष्ट्रपति ट्रम्प बंकरमा लुकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले शनिबार राति बंकरमा लुकेका थिए । ह्वाईटहाउसभित्रै निकै सुरक्षित बंकर रहेको छ ।

कुनै पनि देशसँग युद्ध भइरहेको अवस्थामा अमेरिकाका राष्ट्रपति हवाई आक्रमणबाट बच्न बंकरमा सुत्ने गर्दछन् । आइतबार पनि लगातार प्रदर्शन गर्दै ह्वाईट हाउस अगाडि रहेको एक चर्च नै जलाईदिएका छन् । ह्वाईट हाउस वरपर गरिएको आगजनिपछि निस्केको धुवाको मुस्लोले अमेरिकी राष्ट्रपतिको निवास घेरिएको न्यूयोर्क टाईम्सले जनाएको छ । सोमबार पनि वासिङटनडिसीस्थित ह्वाईट हाउस अगाडिको सडक आन्दोलनकारी आगो बालिरहेका थिए भने वरपरका केही घरहरुमा समेत आगजनी गरेका छन् । बीबीसीका अनुसार वासिङ्टनडिसीमा प्रदर्शनकारीहरुलाई भगाउन आगोको मुस्लो फ्याक्ने ग्रिनेट प्रहार गरिएको छ ।

हिंसात्मक प्रदर्शनमा करिब आधा दर्जनको ज्यान गएको छ । यद्यपि अमेरिकी सरकारले कुनै विवरण सार्वजनिक गरेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया