जापानमा रोजागार गुमाएका नेपालीको तथ्याङक संकलन सुरु,कामको लागि सहजीकरण गर्ने

टोकियो । जापानमा कोरोनाको कारण रोजागार गुमाउनु परेका नेपालीहरूलाई सहयोगको लागि तथ्याङक संकलन सुरु गरिएको छ । नेपाली समुदाय कोभिड-१९ आपतकालीन सहयोग समिति जापान अन्तरगत आय तथा रोजगार उपसमितिले नेपाली दाजुभाई दिदि बहिनिहरुको सहयोगको लागि तथ्याङक संकलन गरी सुरु गरेको हो ।

तथ्याङक संकलन गरि आवश्यकताको आधारमा सहयोग गर्ने निर्णय भएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । जापानमा कोभिड-१९ का कारण समस्यामा हुनुहुन्छ भने, समितिको अनलाईन फारम भरी जानकारी गराउन सक्नुहुनेछ । समितिले  गत मंगलबार मे २६ तारीख नेपाली ब्यावसायी हरुलाई लक्षित गरी अनलाइन सेमिनारको आयोजना पनि गरेको थियो । जसमा जापानी विज्ञहरुको  सहभागीतामा जापान सरकारबाट उपलब्ध सेवा र सुबिधाहरु कसरी लिन सकिन्छ भन्नेवारे जानकारी गराइएको थियो ।

उक्त समितिले कोभिड-१९ को कारण काम गुमेका हरूलाई काम खोजिदिन सहजीकरण गर्ने पनी जनाएको छ ।

https://forms.office.com/Pages/ResponsePage.aspx?id=nS59GvlLOk6exyo5A0LnXqpAOAS66aNHnn4HLlwqrsNUQVRJMkVHV0NXNEVQWTAxM0QxVDdFVEdYWi4u

फेसबुकबाट तपाइको प्रतिक्रिया