टोकियोमा आज ३४ जनामा कोरोना संक्रमण,संक्रमित ५,२८३ जना पुग्यो

जापान । टोकियोमा आज मंगलबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो तुलनामा आज तेब्बर जतिकै बढेको छ । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ ३४ सहित ५,२८३ जना संक्रमित पुगेको छ भने ३०६ जनाको मृत्यु भैसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया