एनआरएनए कतारद्धारा १४औँ चरणमा थप २१८ जनालाई राहत वितरण

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले १४औँ चरणसम्म राहत वितरण अभियान जारी राखेको छ । १४औँ चरणमा थप २१८ जनालाई राहत वितरण गरिएको छ । कोभिड १९ कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार क़तार सरकारको गृह मन्त्रालयको क़तार चारेटी मार्फ़त प्राप्त खाद्यान्न वितरण गरिएको हो । एनआरएनएद्धारा गठित उद्दार तथा राहत बितरण समितीले बार्हौ चरणमा ११२ जना, तेर्हौ चरणमा ३५० जना तथा चौधौ चरणमा कतारको विभिन्न ठाउँमा रहेका २१८ जना नेपालीलाई राहत वितरण गरिएको अध्यक्ष मुसलमानले बताउनुभयो ।

कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको पनि अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया