काठमाडौं । एनआइसी एसिया बैंकले घरबाटै अनलाइन खाता खोल्न चाहने ग्राहकका लागि थप सहज बनाएको छ । लकडाउनका समयमा घरमै बसी अनलाइन खाता खोल्न चाहने ग्राहक बढेकाले थप सहज र ग्राहकमैत्री बनाएको बैंकले जनाएको छ ।
अनलाइन खाता खोल्नका बैंकको वेबसाइटमा जानुपर्नेछ । खाता खोल्नका लागि इमेल, नाम, मोबाइल नम्बर, जन्ममिति,शाखाजस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नेछन् ।दोस्रो चरणमा ठेगाना, परिचय, परिवारलगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहक महानुभावले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नुहुनेछन् । विदेशमा रहेका व्यक्तिले पनि खाता खोल्न सक्ने बैंकले जनाएको छ ।अनलाइन खाता खोल्ने प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नु तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिने जनाइएको छ ।
यसरी अनलाइन खाता खोलेका ग्राहकले लकडाउन अवधिसम्म मोबाइल बैंकिङमार्फत पहिलो कारोबार गर्दा ५०० सम्म नगद फिर्ता प्राप्त गर्नेछन् । घरमै बसी आफूलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ वा डेबिट÷क्रेडिट कार्डजस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाइन स्टोरहरुबाट खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया