सुशील सुवेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानीआयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पुर्बाधारका निम्ति विभिन्न योजनाहरु अन्तर्गत रकम बिनियोजन भएको छ ।जस अन्तर्गत मेलम्ची –हेलम्बु सडक कालोपत्रे गर्न रु ५ करोड ,मेलम्ची–भोताङ खण्डको धाप भोताङ –याङ्री सडक निर्माणका लागि रु।३ करोड ,फट्टे –दाउचेत – केउरेनी –बांसखर्क– बरुवा –याङ्री सडक स्तरोन्नतिका लागि रु।२ करोड बिनियोजन गरिएको छ ।
त्यस्तै मोटर पुल तर्फ चिण्डे –बांसखर्क मोटरपुल र गुन्सा रैथाने मोटरपुलको लागि रु।१ ,१ करोड बिनियोजन गरिएको छ । गत २०७६ मंसिर १९ गते पूर्र्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङको सिफारिस र २०७६ साल पौष ९ गते सांसद तामाङ र आयोजनाको तर्फबाट डा।शम्भु कट्टेलको रोहबरमा गाउंपालिकाको तर्फबाट अध्यक्ष टासी लामा र मेलम्ची खानेपानी बिकास समितिको तर्फबाट कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीको हस्ताक्षरमा भएको सम्झौता अनुसारका केही आयोजनाहरु समेत थप गरि योजना छनौट गरि रकम बिनियोजन गरिएको मेलम्ची खानेपानी बिकास समितिका सुचना अधिकारी सि।डि।ई।राजेन्द्र पन्तले जानकारी दिनुभयो । आयोजनाका पदाधिकारीहरु र तामाङका तर्फबाट स्वकीय सचिब निर्मल बन्जारा बिच मंगलबार भएको आयोजना कार्यान्वयन सम्बन्धी छलफलमा पहिलो चौमासिक भित्र आबस्यक प्रकृया पूरा गरि दोश्रो चौमासिकबाट प्रभाबित क्षेत्रका बिकासे आयोजनाका काम सुचारु गरिने जानकारी सांसद तामाङका स्वकीय सचिब निर्मल बन्जाराले जानकारी दिनुभयो । मेलम्ची आयोजना प्रभाबित क्षेत्रका बिकासे आयोजनाहरु तीब्र गतिमा अघि बढाउने र छिट्टै सम्पन्न गर्ने उद्देश्यका साथ दुई पक्ष बीच २०७६ पौष ९ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
यस्तै हेलम्बु गाउँपालिका यस आयोजनाबाट मुख्य प्रभावित भएकाले आफूहरुको बारम्बारको पहलबाट आफूहरुलाई सो रकम प्राप्त भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । उक्त बजेटबाट मेलम्ची–तिम्बु–मेलम्ची घ्याङसम्म सडक कालोपत्रे गर्ने,यस्तै हेलम्बुको शेराबाट ग्यालथुम सुरुङ हुँदै गोल्फु भञ्ज्याङसम्मको बाटो समेत कालोपत्रे गर्ने सहमति भएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया