जनतालाई घरमा बन्धक बनाएर कसरी तिरिन्छ कर ?

राजन श्रेष्ठ,रामेछाप । यो विषम संकटको परिस्थितिमा समयनै तोकेर कर तिराउने सरकारको निर्णय चौतफी विरोध भएके छ । नहोस पनि कसरी देश लकडाउन गराएर सबै चिज बन्द गराएर कर मात्र उठाउदा । हुन त म सरकारको बिरोधी त होईन ७२ दिन यता देश बन्दाबन्दीको स्थितिमै रहेको छ ।

व्यापार व्यवसाय बन्द छ । न आम्दानी छ न सुविधा छ । यस्तो अवस्थामा सरकारले नागरिकलाई घर भित्रै बन्दक बनाएर राखेको अवस्थामा कहाँबाट पैसा ल्याएर तिर्ने कर यस्तो कठिन अवस्थामा सरकारको यो निर्णय प्रति विरोध हुनु स्वाभाविक पनि छ । यस्तो परिस्थितिमा सबै व्यवसायले कर तिर्न नसकिने हुँदा कर तिर्ने समय परिमार्जन गर्नु पर्नेछ । कर तिर्नुपर्ने मिती तोकिनु जायज नभएको र लकडाउन थपिदै जादा व्यवसायीहरु मारमा परेको छ । यस परिस्थतिमा समय अवधि भित्रै सरकारले कर तिर्नु भनेर ताकेता गर्नु गम्भीर गल्ती भएको छ । यस्तो अवस्थामा व्यवसायीहरूलाई कालो सूचीमा नराख्न पनि मेरो आग्रह छ । कुनै व्यापारीहरूको सामान बिक्री भए पनी पैसा उठाउन नसकिएको अबस्था होला कसरी तिरीन्छ कर ? सामान  बिक्री गरेका व्यवसायीहरू घरमा नै थुनिएर बसेका होलान् यस्तो  अवस्थामा कसरी तिर्ने कर  रु सरकारले व्यवसायीहरू लाई मारमा पार्न खोजेको देखिन्छ । जनस्तरबाट चौतर्फी विरोध भएपछि सरकारले कर बुझाउने म्याद थप गरे छ । स्वागत योग्य काम गरेछ तर सरकारको यस्तो हतारको निर्णयले आफैलाई कच्चा र कमजोर बनाएको छ ।  आज साँझ आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएको रहेछ । यस निर्णयलाई स्वागत गर्दै यस्तो बन्दाबन्दी समयमा जनतालाई राहतको प्याकेज ल्याउन अनुरोध गर्दछु ।

फेसबुकबाट तपाइको प्रतिक्रिया