व्यवसायीलाई उपलब्ध सेवा-सुविधा लिने बारे सहयोग गर्न एनआरएनए जापानले तोक्यो सम्पर्क व्यक्ति

टोकियो । जापानमा समस्यामा परेका नेपाली व्यवसायीलाई जापान सरकारले उपलब्ध सेवा-सुविधा लिने बारे सहयोग गर्न एनआरएनए जापानले सम्पर्क व्यक्ति तोकेको छ ।

एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदीलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

जानकारी 

नेपाली समुदाय कोभिड-१९ आपतकालिन सहयोग समितिको आयोजना र नेपाली व्यवसायी संघ जापानको सहयोगमा एनआरएनए जापान को आयोजना गत मंगलबार मे २६ तारीख नेपाली ब्यावसायी हरुलाई लक्षित गरी अनलाइन सेमिनारको आयोजना पनि गरेको थियो । जसमा जापानी विज्ञहरुको  सहभागीतामा जापान सरकारबाट उपलब्ध सेवा र सुबिधाहरु कसरी लिन सकिन्छ भन्नेवारे जानकारी गराइएको थियो । सोही बमोजिम ब्यावसायी हरुलाई उपलब्ध सेवा र सुबिधा लिन अप्ठेरो भयका नेपाली व्यवसायी हरुलाई सहयोगको निम्ति व्यवसायी हरुलाई समन्वय गर्न यस आपतकालीन सहयोग समितिको तर्फ संयोजक तथा एनआरएनए जापान अध्यक्ष देविलाल भण्डारी, सदस्य सचिव तथा एनआरएनए जापान महासचिव जनक बिक्रम शाही र समितिका आय तथा रोजगार उपसमिति प्रमुख तथा नेपाल व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकालीज्यूले मोनिटर गर्ने गरी महिला संयोजक संगीता अधिकारीलाई सम्पर्क व्यक्तिको रुपमा रहने व्यवस्था गरेको जानकारी गराइन्छ । तसर्थ अप्ठेरोमा परेका व्यवसायी हरुले सम्पर्क गर्न सक्नु हुनेछ र तपाईहरुका समस्या हरुलाई उक्त विषयमा जानकार बिज्ञ तथा कम्पनी हरुमामार्फत आवस्यक प्रकृया अगाढी बढाउँन अनुरोधका साथै सहयोग गरिनेछ ।

                             सम्पर्क व्यक्ति

  • संगीता अधिकारी सम्पर्क नम्बर : 090-4459-8559

फेसबुकबाट तपाइको प्रतिक्रिया