मृतक सुबेदीको परिवारलाई कास्की-पोखरा समाज जापानको आर्थिक सहयोग हस्तातरण

टोकियो । जापानमा मस्तिष्कघातका कारण मृत्यु भएका पोखरा ५ प्रस्याङका सुविन सुबेदीको परिवारलाई कास्की पोखरा समाज जापानले आर्थिक सहयोग हस्तातरण गरेको छ ।
रोजगारीका लागि ४ बर्ष अधि जापान आएका पोखरा ५ पस्याङ घर भएका सुबेदीको दाहसंस्कारबाट बचत भएको २ लाख १८ हजार जापानि येन सुबेदीका श्रीमति मन्जु ढकाल सुबेदीलाई हस्तातरण गरिएको कास्की पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले जानकारी दिनुभयो ।
मे महिनाको १९ तारिख मंगलबार सुतेको स्थानमा मृत अवस्थामा भेटिएका सुबेदीको पोष्टमार्टम रिपोर्टमा मस्तिष्कघातका कारण मृत्यु भएको जनाईएको थियो । पारिवारिक सल्लाह अनुसार जापानमा नै दाहसंस्कार गर्ने निर्णय पछि कास्की पोखरा समाज जापानले उपाध्यक्ष सन्देश अधिकारीको संयोजकत्वमा सहयोग समिति बनाई एनआरएन जापानको संयोजन एवं जापानमा क्रियाशिल संघ सस्थाहरु सहित जापानमा बस्ने पोखरेलीहरुले सहयोग गरेका थिए । मृतक सुबेदीको शोक सभा पछि अत्येष्ठी गरि बॉकी रहेको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको सहयोग समितिका संयोजक अधिकारीले बताउनु भयो ।

कास्की पोखरा समाज जापानले मृतक सुबेदीको दाहसंस्कारको खर्च विवरण सहयोग समितिलाई ४ लाख ९१ हजार येन संकलन भएको छभने २ लाख ७३ हजार खर्च भएको जानकारी दिएको छ । मृतक सुबेदीको अस्तु शुक्रवार नेपाल पठाईएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया