जापान । टोकियोमा आज जुन ५ तारिख शुक्रबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो विहिबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ २० सहित ५३४३ जना संक्रमित पुगेको छ । राजधानी टोकियोमा ३०९ जनाको कोरोनाको कारणले मृत्यु भैसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया