टोकियो । राष्ट्रिय आविष्कार केन्द्रको लागि गैरआवासीय नेपाली संघ एनआरएनए जापानको पहल र जापानवासी नेपालीहरुको सहयोगमा कोरोनाभाइरस परिक्षणका लागि अत्यावश्यक स्वाब निकाल्ने सुईरो बनाउने उपकरण नेपाल पठाईएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले गैरआवासीय नेपाली संघ जापाललाई अनुरोध गरे अनुसार आर्थिक संकलन गरि सो उपकरण खरिद गरि पठाएके एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देबिलाल भण्डारीका अनुसार शुक्रबार महेन्द्र श्रेष्ठको नेतृत्वको टोलीसंगै उक्त उपकरण तथा अन्य आवश्यक सामग्रीहरु नेपाल पठाईएको बताउनु भएको छ ।
संघका अनुसार जापानी येन १३ लाख १२ हजार ४ सय ८० को ३ डि प्रिन्टिङ मेसिन तथा त्यसका लागि चाहिने सामाग्रीहरु पठाईएको जनाएके छ । एनआरएनए जापानले उक्त सामग्री, जापानमै रहेका राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ता तथा सदस्य सुबास गुरुङ्को प्रत्यक्ष साथ तथा निगरानीमा खरिद गरि पठाएको हो ।
उक्त सामान नेपाल पठाउनका लागि एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, युवा उपाध्यक्ष नबिन निउरे, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगिता अधिकारी सुवेदी लगायतका पदाधिकारीहरु विमानस्थलसम्मै पुगेका थिए । गैरआवासीय नेपाली संघले सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया