नेपाली ब्यवसायी संघ जापानले संचालन गरेको नि:शुल्क हेल्प डेक्स समापन

टोकियो । जापानमा नेपाली ब्यावसायिकहरूको एकमात्र संस्था नेपाली ब्यवसायी संघ (एनबिए) जापानद्वारा संचालित कोभिड-१९ को महामारीमा जापान सरकारले दिने राहत प्याकेज निःशुल्क हेल्प डेस्क कार्यक्रम समापन गरिएको छ ।

शनिवार शिन-ओकुबोस्थित सोलमरी मुराहलमा संघका अध्यक्ष विजय थकालीको सभापतित्वमा भएको सो समापन समारोहमा करीव दुई हप्तासम्म चलेको उक्त हेल्प डेस्क औपचारिक कार्यक्रम समापन गरिएको हो ।  छोटो समारोह गरि गरि समापन गरिएको हेल्प डेस्क कार्यक्रममा दिएको जानकारीअनुसार उक्त परामर्श कार्यक्रमबाट १०६ जना सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित भएको जानकारी गराईएको थियो । कोभिड-१९ को महामारीका कारण उत्पन्न आर्थिक तथा ब्यवसायिक मन्दीलाई सहयोग गर्न जापान सरकारले उपलब्ध गराएको विभिन्न शीर्षकका राहत प्याकेज लिने प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले में २४ तारिखदेखि नि:शुल्क हेल्प डेस्क सञ्चालन गरिएको थियो । हेल्प डेस्क सञ्चालनको औचित्य र यसको लक्षित उपादेयता बारेमा संघका तर्फबाट सदस्य समेत रहेका पत्रकार तिलक मल्लले जानकारी गराउनु भएको थियो । यसैगरी नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव शान्त पहरीले महामारीको बीचमा जापानमा नेपाली ब्यवसायी संघले हेल्प डेस्क कार्यक्रम संचालन गरेर सह्रानीय कार्य गरेको विचार ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको अवसरमा हेल्प डेस्क संचालनको क्रममा विशेष सक्रिय भूमिका निर्बाह गरी सहयोग गर्ने संघका सहकोषाध्यक्ष जीवन गुरुङ, संघका सदस्य एवं ग्लोबल होम नेटवर्कका कार्यकारी प्रमुख शिवप्रसाद पौडेल र हल उपलब्ध गराई सहजीकरण गर्ने संघका साधारण सदस्य एवं सोलमारी रेष्टुरेन्टका सञ्चालक कविर ताम्राकारलाई सम्मान गरिएको थियो ।

संघका सचिव बाबुराम पौडेलको संचालन गर्नु भएको समापन समारोहमा हेल्प डेस्क कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्दै सभाध्यक्ष थकालीले कार्यक्रम समापन गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया