नेपाली कला-संस्कृति झल्कने गरि कामतामा २५० सिटको चौतारो रेष्टुरेण्ट,जुन १५ बाट संचालन

जापान । नेपाली कला संस्कृति झल्कने गरि जापानको कामता स्टेशन नजिक चौतारो रेष्टुरेण्ट संचालमा आउने भएको छ ।
कामता स्टेसन नजिक नेपाली कला संस्कृति झल्कने टिपिकल नेपाली चौतारो रेष्टुरेण्ट यहि जुन १५ तारिख सोमबारबाट संचालनमा आउने भएको हो । जापानमा लामो समयअघिबाट व्यवसायिक गर्दै आउनु भएका केशव अधिकारीले ४ करोड ५० लाख येन लगानीमा बनेको रेष्टुरेण्ट क्याविनसहित २५० सिटको रहेको छ । चौतारो कम्पनीका प्रमुख केशव अधिकारीका अनुसार अहिले सजावटको भब्य तयारी रहेको चौतारो रेष्टुरेण्ट झट्ट हेर्दा नेपालको म्यूजियम जस्तो देखिने छ । रेष्टुरेण्टमा नेपाली कला संस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अबलोकनसहित खाना र नास्ताको सेवा लिन पाइने साथै हलाल फुडका सामान र नेपालमा पैसा पठाउन समेत पाउने जानकारी दिनुभयो ।


बिशेष गरी जापानी ग्राहकहरुलाई नेपाली टेष्ट र नेपालको कला संस्कृति देखाउने र नेपाली ग्राहकको हकमा टिपिकल नेपाली खाना र नास्ता,सस्तो मुल्यमा हलाल फुडको सामान लगायत दैनिक खाद्यबस्तु किन्न सक्ने ब्यबस्था समेत रहेको जनाएको छ । नेपालीहरुको लागि निशुल्क रेमिट्यान्स सुबिधा रहेको पनि संचालक अधिकारीले जानकारी दिनुभयो । चौतारो रेष्टुरेण्टमा एउटै छाना मुनी बिभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला र संस्कृतिलाई छहारी दिने अधिकारिले बताउनु भयो ।
धादिङमा जन्मिएर १८ वर्षदेखी जापानमा ७ वटा रेष्टुरेण्ट व्यवसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आउनुभएका अधिकारी नेपालीहरुबिच चिरपरिचित अनुहार हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया