जापान । केइसेई ओशिआगे लाईन आओटो स्टेशनमा ट्रेन दुर्घटना भएको छ । टोकियो कात्सुशिकालाई जुन १२ तारिख बिहान १०स्१५ मा ट्रेन दुर्घटना भएको एनएचकेको समाचारमा उल्लेख गरेको छ । ओशिआगे लाइनको ट्रेन केइसेई इलेक्ट्रिक रेलवेको आओटो स्टेशनमा रेलको पछाड़ीको भाग (पटरी) भासिएर दुर्घटना भएको थियो । केइसेइ इलेक्ट्रिक रेलवेका अनुसार उक्त दुर्घटनामा घाइतेहरूका बारेमा अहिलेसम्म कुनै सूचना नआएको जनाएको छ । ट्रेनको आठ कार डिब्बा मध्ये, एक डिब्बा पछाडि फसेको थियो । उक्त ट्रेन केइसेई टाकासागो स्टेशनबाट बिहान १०स्०१ मा छुटेको थियो । कम्पनीले रेल दुर्घटनाको कारण अनुसन्धान गरिरहेको छ ।
टोकियो केईसेई ओसिआगे लाईनमा रेल दुर्घटना अवरुद्ध भएके थियो भने रेलले लिग छाड्दा लिगको माथिल्लो भागमा जडित विद्युतिय सामानहरुमा समेत क्षति पुगेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया