जापानबाट विरामी सानु लामा नि:शुल्क नेपाल पुगे,तामाङ समाजको धन्याबाद

टोकियो । क्यान्सरबाट पिडित भएर जापानको हस्पिटलमा उपचाररत सानु लामालाई नेपाल पठाईएको छ ।
दूतावास, एनआरएनए जापान र नेपाल तामाङ समाज जापानको पहलमा विरामी लामा परिबारलाई निशुल्क नेपाल पठाएको हो ।

तामाङ समाज जापानको नेतृत्वमा आर्थिक संकलन गरि जापानमा लामो समयदेखि उपचार गराईरहेका लामाको रोग तत्काल निको नहुने भएपछि नेपालमा परिवार संगै रहँदै उपचार गराउने चाहना भएता पनि कोभिड-१९ का कारण लकडाउन भएपछि नेपाल जान सकेका थिएनन् । अन्ततस् जुन १२ तारिख नेपालबाट यात्रु लिएर आएको चार्टड फ्लाईटमा नेपाल फर्काउन सकिएको हो ।
लामालाई नेपाल पठाउन सफल भएपछि उपचारमा प्रत्यक्ष सहयोग गरिरहेको तामाङ् समाज जापानका महासचिव बलराम तामाङले एक विज्ञप्तीमार्फत नेपाली दूतावास,एनआरएनए जापान तथा सकृयरुपमा लागि परेका अध्यक्ष देविलाल भण्डारी,प्रवक्ता सिद्धार्थ श्रेष्ठ एवं एनआरएनएका तर्फबाट जिम्मेवारी लिई उपचारका क्रममा सहयोगमा जुटेकी महिला संयोजक संगिता अधिकारी सुबेदी लगायत सहयोगमा जुटेका सम्पूर्ण संघसंस्थालाई आभार व्यक्त गरेको छ ।
एनआरएनए जापानकी महिला संयोजक अधिकारीको विशेष पहलमा लामाको उपचारमा निःशुल्क गर्न सफल भएको नेपाल तामाङ समाज जापानका कोषाध्यक्ष गिर बहादुर तामाङले जानकारी दिनुभयो । बिरामी लामालाईर उनकी श्रीमतीको सिरिन ट्रावलले टिकट निःशुल्क उपलब्ध गराई सहयोग गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया