टोकियो । नेपाली राजदुतावास टोकियोले जापानबाट नेपाल जानैपर्ने नागरिकको नामलिस्ट प्रकाशन गरेको छ । आज शनिवार जापानबाट नेपाल जानैपर्ने नागरिकको नामलिस्ट प्रकाशन गर्दै पहिलो प्राथमिकतामा परेकाहरुले नेपाल एयरलाईन्समा टिकट लिन आग्रह गरेको छ ।
नेपाली दूतावास जापान र एनआरएनए जापानको प्रयासको बावजुत नेपाल सरकारले जापानवाट नेपाल नगैनहुने नेपालीहरुको लागी हवाई उडानको स्वीकृति दिएको पछि जसअनुसार पहिलो उडानको निम्ति प्राथमिकताको आधारमा पहिलो लिस्ट निकालेको हो ।
पहिलो उडान जुन महिनाको २० र दोस्रो २४ तारिख नारिताबाट उडान हुने दुताबासले विज्ञप्तिमा जनाएको छ ।














फेसबुकबाट तपाइको प्रतिक्रिया