जापान । नेपालबाट ६ महिना अघि मात्र जापान आएकी एक महिलाको आईची केन स्थित नागोयाको योक्काईचीमा गाडीको ठक्करबाट मृत्यु भएको छ ।
आज आईतबार विहान ७ बजे कामबाट फर्किने क्रममा मिनि ट्रकको ठक्कर पछि हस्पिटल लाने क्रममा मृत्यु भएको छ । एनआरएनए जापान सचिव बिष्णु प्रसाद घिमिरेका अनुसार ६ महिनाअघि जापान आउनु भएकी पोखराकी २२ वर्षिय सुजाता बास्तोला,योक्काईची भन्ने ठाउँमा गाडीले ठक्कर दिएको थियो । उनको हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । मृतक महिलाको श्रीमान सहित एनआरएनए जापान सचिव घिमिरेको टोली घटनाबारे बुझ्न तथा आवश्यक पहलको लागि सिरिचु हस्पिटलमा रहनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया