टोकियोमा कोरोना भाइरस संक्रमण बढ्यो,आज ४७ जना थपिए

जापान । टोकियोमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज आइतबार जुन १४ तारिख दिउँसो ४ बजे सम्ममा कोरोना भाइरसबाट ४७ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शनिवार टोकियो महानगरमा २४ जनामा कोरोना संक्रमण भएको थियो ।
टोकियोमा आज ४७ जनासहित संक्रमित संख्या ५५४४ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया