युएईको उद्धारका चार्टर्ड उडान स्थगित,पिडित दूतावासमा गुहार माग्दै

युएई । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ । उडान रद्धबारेको सूचना आइतबारै दूतावासले दुतावासको आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो ।

अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।
तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया