परिवारवादका कारण चलचित्र क्षेत्रमा असर : नायिका वर्षा सिवाकोटी

काठमाडौं । नायिका वर्षा सिवाकोटीले चलचित्र क्षेत्रमा हुने गरेको ‘परिवारवाद र ग्रुपिज्म’का कारण असर पर्ने गरेको बताएकी छिन् ।
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै यतिबेला ‘परिवारवाद र नातावाद’ हाबी भएका कारण कलाकारहरु डिप्रेशनमा जाने गरेको र गलत बाटो रोज्ने गरेको बिषयमा पनि प्रश्न उठेको छ ।
यही बिषयमा सामाजिक संजालमा स्टाटस लेख्दै वर्षाले भनेकी छिन्–‘परिवारवाद सबैतिर हुन्छ । चलचित्र नगरी छर्लङ्ग भएकाले यो देखिएको हो । सत्य बोल्ने आँट कमैसँग मात्र हुन्छ । यस्तो कुरा बोल्दा करिअरमा असर पर्छ, कामको अभाव हुन सक्छ भन्ने धेरैलाई सोच्छन् । तर, परिवारवादले मात्र चलचत्रि क्षेत्र रुमल्लिएको छैन । यहाँ, ग्रुपिज्म, प्रेमका कुरा, तुलना, चलचित्र पत्रकार र कलाकारविच अनावश्यक निकटता आदि कारणले पनि नकारात्मक असर परेको छ । नायिका वर्षाले आफूले यी सबै कुरा भोगेको बताएकी छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया