काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भीडन्त हुँदा एक जना वरिष्ठ अधिकारीसहित तीन सैनिकको मृत्यु भएको छ ।
सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर कर्णेल र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारत सरकारले पनि भीडन्त भएको र क्षति भएको पुष्टि गरेको छ ।
अहिले परिस्थिति नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको भारतीय सेनाले जनाएको छ ।
केही समययता लद्दाखको गलवान क्षेत्रमा भारत र चिनीयाँ सेनाबीच तनावको स्थिति थियो । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया