टोकियोमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५६३३ पुग्यो

जापान । टोकियोमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज बुधबार जुन १७ तारिख दिउँसो ३ बजे सम्ममा कोरोना भाइरसबाट २७ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो मंगलबार टोकियो महानगरमा २७ जनामा कोरोना संक्रमण भएको थियो । टोकियोमा आज १६ जनासहित संक्रमित संख्या ५६३३ जना पुगेको छ । टोकियोमा कोरोना संक्रमणबाट ३१७ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया