टोकियो । जापानबाट चार्टड उडानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि भिसा प्रकृया पुरा गर्ने सम्बन्धी नेपाली राजदूतावासले जरुरी सुचना जारी गरेको छ ।
उक्त सुचनाका अनुसार, जापानको Immigration Service Agency ले जानकारी गराए अनुसार भिसा सकिएका वा भिसा नवीकरण नभएका वा ओभरस्टे e} वा अन्य कारणले जापानको ईमिग्रेसनले नेपाल फर्कन सूचना गरेका नेपालीहरु यही २० जुन २०२० को चार्टड उडाबाट नेपाल जान लाग्नु भएको छ भने १९ जुनको विहान ९ बजे भित्र र २७ जुन २०२० को चार्टड उडानबाट जाने नेपालीहरुले २३ जुन २०२० को विहान ९ बजे भित्र जापानका Immigration Bureau हरुमा सम्पर्क गरी त्यस्ता व्यक्तिहरुले नेपाल फर्कने अनुमति लिनका अनुरोध गरिएको छ ।
साथै अध्यागमन कार्यालयहरुले यस्तो प्रकृया नगर्ने भएकाले तलका Immigration Bureau हरुमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

फेसबुकबाट तपाइको प्रतिक्रिया