टोकियोमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५७०९ पुग्यो

जापान । टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज शुक्रवार जुन १९ तारिख कोरोना भाइरसबाट ३५ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो बिहिबार टोकियो महानगरमा ४१ जनामा कोरोना संक्रमण भएको थियो । टोकियोमा आज ३५ जनासहित संक्रमित संख्या ५७०९ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया