जापानबाट २३५ जना नेपाली चार्टर विमानबाट स्वदेश फर्किए

टोकियो । लामो सयम नेपालमा लकडाउन भएर जापानबाट स्वदेश फर्किन नपाएका नेपाली २३५ जना नेपालीहरुलाई जापानबाट नेपाल उद्धार गरेको छ ।
शनिबार जापानको नारिता विमानस्थलबाट जापानमा अति नै समस्यामा परेकाहरुलाई सरकारको निति अनुसार नेपाल उद्धार गरिएको नेपाली राजदुतावास जापानले जनाएको छ । जापानबाट तत्काल नेपाल फर्किनुपर्ने सुचीमा रहेका,विरामी र जापानमा ओभरस्टेहरु मध्येको पहिलो चरणका यात्रुहरु फर्किएका हो । सरकारले दोस्रो आर्टर उडान जुन २५ तारिखमा तोकेको छ । त्यसका लागि पनि प्राथमिकतामा परेकाहरुको सुची दुताबासले जारी गरिईसकेको छ । केहिदिन अघि दुताबासले टिकट तथा कोरोना परिक्षण लगातका प्रकृयाहरु गर्नका लागि पनि आह्लान गरेको थियो ।
जापानबाट दूतावास र गैरआवासीय नेपाली संघ जापानको पहलमा समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाईन्सको चार्टर विमानबाट स्वदेश फर्काउन सर्पोट मिलेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया