जापानमा कोरोना संक्रमणभन्दा निको भएर डिस्चार्ज हुने बढे(विवरणसहित)

टोकियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) जापानमा १८ हजार भन्दा बढी संक्रमित भएका छन् । शनिबार जापानभर ६६ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तकि र बाह्य गरि १८,५०३ जना पुगेको छ ।
जापानमा आन्तरिक १७,७९१ जना र योकोहाको पानी जहाजमा ७१२ गरि १८,५०३ जनामा कोरोना संक्रमण भएका छन् । अहिलेसम्म आन्तरिक र बाह्य गरि जापानमा ९५५ जनाको मृत्यु भएको छ । जापानमा कोरोना संक्रमित कुल १६,१६७ जना निको भएर डिस्चार्ज भएका छन् ।
जापानभर शनिबार ६६ जनामा कोरोना संक्रमण हुँदा ६९ जना निको भएर घर फर्केका छन् । हालसम्म जापानमा ४ लाख १४ हजार ६६२ जनालाई परिक्षण गरिएको रेकर्ड छ ।

जापानको अहिलेसम्मको विवरण

फेसबुकबाट तपाइको प्रतिक्रिया