टोकियो । जापानबाट चार्टर उडानमा नेपाल जानै पर्ने दोश्रो सूचीमा नाम परेर नेपाल नजानेले जानकारी गराउन दूतावासले अनुरोध गरेको छ ।
नेपाली राज दुतावास जापानले सोमबार विशेष सुचना जारी गर्दै अनुरोध गरेको हो । दुतावासले जारी गरेको सूचनामा चार्टर उडानमा जापानबाट नेपाल जानै पर्ने दोश्रो सूचीमा परेका महानुभावहरुले आफूँ नेपाल जान असमर्थ भएमा यस राजदूतावासलाई जानकारी गराउनको लागि अनुरोध गरेको छ ।
दोस्रो सुचीमा परेको छ तर विशेय कारणले नेपाल जान नसक्ने अवस्थामा छ भने तुरुन्त यि नम्बरहरुमा ०८०३२४६२८७२ र ०७०३२४९८१७३ सम्पर्क गरि जानकारी गराउन अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया