टोकियोमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २३ मंगलबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३१ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो सोमबार टोकियोमा २९ जना संक्रमित पुष्टि भएको थियो । आज ३१ जनासहित टोकियोमा कुल ५८४० पुगेको छ । टोकियोमा हालसम्म् ३२३ जनाको निधन भइसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया