ईजरायल । नेपाल आदिवासी जनजाति महासंघको ईजरायल शाखामा पेम्बा डोल्मा ह्योल्मोको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ।
महासंघको ईजरायल समितिको आठौं साधारणसभाबाट ह्योल्मोको अध्यक्षतामा वेबिनार (वेब सम्मेलन)मार्फत् नयाँ कार्यसमिति चयन गरिएको हो।
साधारणसभामार्फत् निर्वाचित १६ सदस्यीय सचिवालयमा वरिष्ठ उपाध्यक्ष छोङ्बा शेर्पा, उपाध्यक्षद्वयहरु देव खालिङ, नानिमाया तामाङ, नुमा काङ्भा बखिम, स्वस्तिका श्रेष्ठ,र खुसी घले छन्। अन्य पदाधिकारीमा महासचिव सूर्यबहादुर रानामगर, प्रथम सचिव आङ्निमा तितुङ्ग तामाङ, सचिवहरुमा सोनी तमुस्यो, कसिस बान्तवा राई, खेन्डो ओमु हयोल्मो, राजकुमारी श्रेष्ठ र ल्हाक्पा डोमा शेर्पा छन्। समितिको कोषाध्यक्षमा आइन्द्र योङ्या लिम्बु र सहकोषाध्यक्षमा जमुना थापामगर छन्।
यस्तै सल्लाहकारहरुमा तारा काउचा मगर, मनु श्रेष्ठ, गीता तुम्बाहाम्फे, डम्बर गुरुङ, बालकुमार राई, अनिला मोक्ताङ तामाङ्ग, दोर्जे शेर्पा र समिर श्याङ्बा हयोल्मो छन्। साधारणसभा गत शुक्रबार सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया