जापान । टोकियोमा आज थप एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २४ बुधबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५५ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो मंगलबार टोकियोमा ३१ जना संक्रमित पुष्टि भएको थियो । आज ५५ जनासहित टोकियोमा कुल ५८९५ पुगेको छ । टोकियोमा हालसम्म् ३२५ जनाको निधन भइसकेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया