टोकियोमा थप ४८ जनामा कोरोना संक्रमण,संक्रमित कुल ५९४३ पुग्यो

जापान । टोकियोमा आज थप एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २५ विहिबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४८ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो बुधबार टोकियोमा ५५ जना संक्रमित पुष्टि भएको थियो । आज ४८ जनासहित टोकियोमा कुल ५९४३ पुगेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया