जापानबाट चार्टर विमानमार्फत दोस्रो चरणमा २६२ नेपाली स्वदेश फिर्ता

टोकियो । सरकारले गरेको चार्टर विमानमार्फत जापानबाट दोस्रो चरणमा २६२ नेपाली स्वदेश फिर्ता भएक छन् ।
कोरोना भाईरलका कारण जापानमै रोकिएका तत्काल नेपाल जानैपर्ने प्राथमिकता सुचीको दोस्रो चरणमा परेका २६२ जना नेपालीहरुलाई बुधबार २५ तारिख स्वदेश फिर्ता भएका छन् । जापानको नारिता विमानस्थलबाट २६३ जनाले अध्यागमन पास लिएर पनि एक जना प्लेन चड्न नमानेपछि फर्किएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानाकारी दिनुभएको छ । पर्यटन भिषामा आएका, विरामी, भिसा सकिएका लगायतका तत्काल नेपाल नगए थप समस्यामा पर्ने व्यक्तिहरुलाई चार्टड प्लेनबाट नेपाल पठाईएको हो । जापानबाट नेपाल पठाईएको पहिलो र दोस्रो चार्टड २ पटक गरि ५ सय जना भन्दा बढि नेपालीहरु स्वदेश फर्किएको जनाएको छ ।
स्वदेश फर्काउनको लागि जापानस्थित नेपाली दुतावास र गैरआवासीय नेपाली संघ जापानका पदाधिकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया