टोकियोमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५९९७ पुग्यो

जापान । टोकियोमा आज थप एकैदिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा जुन २६ शुक्रवार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५४ जना रहेको एनएचकेले जनाएको छ ।
टोकियोमा हिजो बिहिबार ४८ जना र अस्ती ५५ जना संक्रमित पुष्टि भएको थियो । आज ५४ जनासहित टोकियोमा कुल ५९९७ पुगेको छ ।

टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया