जापान । नेपाली लोक तथा दोहोरीगीतको क्षेत्रमा शब्द लेखनमा इतिहास रच्न सफल अनवरत फड्को मार्न सफल सर्जक तथा राष्ट्रिय लोकतथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशव पौडेलको नयाँ कोसेली पैसा र बैश डिजिटल बजारमा चर्चा बटुली रहेको छ ।
बिगत केहि वर्ष देखि निकै चर्चित गीतसगै सांगीतिक यात्रामा निरन्तर आफ्नो कलम चलायमान गर्दै आफुलाई चिनाउन सफल सर्जक केशव पौडेल हाल जापानको टोक्योमा बिगत नौ वर्ष देखि कार्यरत छन् । उनका शब्दमा प्राय माया प्रेम संग सम्बन्धित हुने पाईन्छ । युवा समूह उनका लागि उनका शब्द पहिलो रोजाइमा पर्ने गरेका छन् । केशव पौडेल भन्ने बित्तिकै हामी उइखोलिमा पानि ,गुन्द्रुक मिठो सागको,घिन्ताङ्ग मादल र पछिल्लो समयमा पुतली लगाएतका निकै चर्चित दोहोरीगीत सबैले सम्झने गर्छन। पछिल्लो समय मा आफ्नो लेखन विधा लाइ चलायमान गर्दै जाने क्रममा राष्ट्रिता झल्किने गीत हरुमा पनि उहाकै शब्द रहने गरेका छन्। सांगीतिक बजार मा चुलिएको प्रतिसपर्धा लाइ चिर्न आफ्नो सिमित क्षेत्रलाइ फराकिलो बनाउने क्रममा पुन नया आयाम थप्ने काम भएको छ।
त्यो नयाआयाम भनेको हाल डिजिटल बजारमा आएको आधुनिक गीत पैसा र बैशलाइ लिन सकिन्छ । यस गीतले पनि बिगत मा जस्तै चर्चा बतुलोसा हाम्रो सुबेछ्या एवम शुभकामना रहेको छ ।
यस गीतमा हेमन्त शिशिर को संगीत एवम आवाज सगै सुशिला थापा र सबिन श्रेष्ठको अभिनय रहेको छ । समग्रमा गीतका सबै पछ्य राम्रो रहेको छ ।
गीतको लागि

फेसबुकबाट तपाइको प्रतिक्रिया