टोकियोमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमण,संक्रमित ६०५४ पुग्यो

जापान । टोकियोमा आज शनिबार २७ तारिख एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा जुन २७ तारिख कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५७ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो शुक्रवार ५४ जना र अस्ती ४८ जना संक्रमित पुष्टि भएको थियो । आज ५७ जनासहित टोकियोमा संक्रमित कुल संख्या ६०५४ पुगेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।
टोकियोमा पछिल्ला ४ दिन यता दैनिक ५० जनाको हाराहारीमा संक्रमण हुँदै आएको पछिल्लो २ महिना यताकै उच्च रेकर्ड कायम गर्दै एकैदिन ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया