गुड आई फर नेसनले निःशुल्क अनलाईन जापानी भाषा पढाउने

टोकियो । जापानमा गुड आई फर नेसन नेपालले नेपालीहरुलाई अनलाईन जापानी भाषा कक्षा सुरु गर्ने भएको छ ।
गुड आई फर नेसनले यही जुलाई महिनाबाट जापानमा रहेका कुक,डिपेनडेन्ट लगायतका जापानी भाषा पढ़न चाहने नेपालीहरुलाई जापानी भाषा कक्षा अनलाईन सुरु गर्ने भएको छ ।
पहिलो कक्षा आगामी जुलाई ६ तारिखबाट सुरु संस्थाका गर्ने अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिनुभयो । कक्षा प्रत्येक आईतबार बेलुका ७ बजे बाट दुई घण्टा रहनेछ । यस अनलाईन कक्षामा सहभागी हुनका लागि अनलाईनबाटै फाराम भर्नुपर्नेछ । कक्षामा सहभागी हुनका लागि स्मार्ट फ़ोन ,कम्प्युटर तथा ईन्टरनेटको आवाश्यकता पर्ने जनाएको छ ।
गुड आई फर नेसन नेपालका अध्यक्ष भण्डारीका अनुसार जुम एप्लिकेशन प्रयोग गरेर कक्षा सन्चालन गरिने बताउनु भयो ।

सम्पर्कको लागि
गुड आई फ़र नेसन नेपाल ।
Good Eye For Nation, Nepal ।
Email address: goodeyefornation@gmail.com
फाराम : https://docs.google.com/…/1FAIpQLSdLplaoi3PyLWb_r…/viewform…

फेसबुकबाट तपाइको प्रतिक्रिया