टोकियो । जापानी भाषाको समस्या परेका नेपालीहरुलाई सहज होस भनेर काम नभएर वा काम घटेर दैनिकी चलाउन असहज भएकाहरूलाई उपलब्ध गराउने अनुदान र ऋणको निशुल्क परामर्श कार्यक्रम समापन भएको छ ।
एकता कर्पोरेशन र मातृ सन्देश डट कमको सहकार्यमा आइतबार जुन २८ तारिख एक कार्यक्रम गरि समापन गरियो ।
छोटो समयमा कार्यक्रममा एनआरएनए आइसीसी सदस्य ददीवल खड्का,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएत उपस्थिति रहेको थियो ।
एकताको प्रमुख तेज बहादुर थिङको सभापति र शान्त पहरी संचालन गरेको कार्यक्रममा स्वयम् सेवक गर्नु भएका बलराम थिंङलैस मायाको चिनो,सम्मान पत्र र खादा लगाएर सम्मान गरेको थियो ।
हाम्रो यस अभियानमा ६२ जनाले प्रत्यक्ष लाभ लिएको बलराम थिङले जानकारी दिनुभयो । 

फेसबुकबाट तपाइको प्रतिक्रिया