काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नव नियुक्त उपाध्यक्ष गोकुल घर्तीले पदभार सम्हालेसंगै प्रधानमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गर्नु भएको छ ।
हिजो आईतबार पदभार ग्रहणपछि प्रधानमन्त्री तथा प्रतिष्ठानको अध्यक्ष ओलीसंग आज सोमवार भेट गर्नु भएको हो । भेटमा आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठानको काम कर्तब्य र क्षेत्राधिकार एवं आगामी योजनाको बारेमा छलफल गर्नु भएको प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभयो ।
आईतबारको पदभार कार्यक्रममा नेकपाका नेता तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, सुरेश आलेमगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, प्रतिष्ठानका कार्यकारी सदस्यहरु ज्ञानेन्द्र पुन र टासी स्याङ्बो गुरुङसेनी लगायत संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीले स्वागत गरेका थिए ।
नव नियुक्त उपाध्यक्ष घर्तीले सबैसितको परामर्शमा अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया