जापान । टोकियोमा आज मंगलवार ३० तारिख एकैदिन ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५४ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो सोमबार ५८ जना र अस्ती ६० जना संक्रमित पुष्टि भएको थियो । आज ५४ जनासहित टोकियोमा संक्रमित कुल संख्या ६२३५ पुगेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया